देशभर पश्चिमी वायुको प्रभाव,केही स्थानमा वर्षाको सम्भावना

  Sampatti News

October 22, 2024

काठमाडौं । अहिले देशभर पश्चिमी वायुको प्रभावका साथै  स्थानीय वायुको पनि आंशिक प्रभावका कारण देशको पहाडी भू भागमा आंशिक बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको भईरहेको छ ।

मंगलबार दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  पहाडी भू-भागमा एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।


यस्तै, मंगलबार राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति:October 22, 2024