October 22, 2024
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा २५.८८ अंकको वृद्धि देखिएको छ । आइतबार र सोमबार उच्च अंकले घटेको बजार आज दोहोरो अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८८ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ८१ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको ४ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड ९ लाख कित्ता शेयर किनबेच भएको छ । मंगलबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार करिब ६ अर्बको शेयर कारोबार भएको थियो ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज १ सय ९९ कम्पनीको शेयर मूल्य बढेको छ । ४० कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य ८.८६ प्रतिशतले बढेको छ । यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयर मूल्य ७.८२ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ६.३६ प्रतिशतले बढेको छ । महुली लघुवित्तको शेयर मूल्य ६.१० प्रतिशत र मैलुङ खोला जलविद्युतको शेयर मूल्य ६.०९ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति:October 22, 2024