सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा

  Sampatti News 2024

October 22, 2024

काठमाडौं । सिन्धुली–रामेछाप जोड्ने सुनकोशीमा बेलिब्रिज हाल्ने काम सकिएको छ । योसँगै असोज दोस्रो साताको भारी वर्षापछिको बाढी–पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको हो ।

सुनकोशी नदीको बाढीले बगाएको रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सञ्चालन आएको हो ।

उक्त बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार सम्मान गरेका छन् ।

मंगलबार बीपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए ।

प्रकाशित मिति:October 22, 2024