मितेरी सहकारीको बचतकर्ताको रकम अनियमितता प्रकरणमा कांग्रेस उपसभापति गुरुङसँग सीआईबीले गर्यो सोधपुछ

Nepal Cover
२८ कार्तिक २०८१, बुधबार
image

काठमाण्डू, मितेरी सहकारी ठगी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ ।

गुरुङसँग सहकारी ठगीबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार दिउँसो १२ देखि ५ बजेसम्म सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

मितेरी सहकारीको बचत हिनामिनामा गुरुङकी पूर्व श्रीमती ज्योती जोडिएकाले उनी पनि विवादमा आएका थिए ।

ज्योती उक्त सहकारीको सन्चालक थिइन् । सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा रिण तिरिरहेको पाइएपछि धनराजको भूमिकालाई शंकास्पद मानिएको थियो ।