दुर्घटनापछि फरार झाँक्री प्रकाश भुजेलले बौद्ध प्रहरीमा गरे आत्मसमर्पण, साँखुमा तनाव

Nepal Cover
२८ कार्तिक २०८१, बुधबार
image

काठमाण्डू, आफूले चलाएको गाडीले दुई जनालाई ठक्कर दिएपछि फरार भएका झाँक्री प्रकाश भुजेलले बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् ।

भुजेलले चलाएको बा १९ च ३६९५ नम्बरको गाडीले शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार एक पुरुष र महिला घाइते भएका छन् । उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । महिलाको स्थिति गम्भीर रहेको छ ।

दुर्घटनापछि साँखुमा तनाव उत्पन्न भएको छ । स्थानीयले बाटो अवरोध गरेका छन् । दुर्घटनामा परेका दुवै जनाको नाम खुलेको छैन् ।

उनीहरुले सडकमा टायर बाल्नुका साथै ढुंगामुढासमेत गरिरहेका छन् । प्रहरीले भुजेल समातिएको भन्दै माइकिङ गरेको छ ।