वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महाधिवेशन आजदेखि

Nepal Cover
१२ मंसिर २०८१, बुधबार
image

काठमाण्डू, मोहन वैद्य नेत्तृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आज (बिहीबार) देखि काठमाडौंमा सुरु हुँदैछ ।

मंसिर २३ सम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे न्युरोडस्थित भूगोलपार्कमा हुने सो पार्टीले जनाएको छ ।

विसं २०८० सालमा नेकपा ९बहुमत० र यसै वर्षको वैशाखमा नेकपा (मसाल)का सन्तबहादुर नेपालीसँग एकतापछि हुन लागेकाले यसलाई एकताको महाधिवेशन भनिएको छ ।

महाधिवेशनमा विचारको बहससहित विभिन्न दस्तावेज पास गरेर नयाँ नेतृत्व चयन गर्ने सो पार्टीले जनाएको छ ।