December 19, 2024
काठमाण्डू, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशमा भने राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने छ ।
प्रकाशित मिति:December 19, 2024
December 19, 2024