नवलपरासीमा विनय खोलाको पुल भत्कियो, पूर्व–पश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध

सम्पत्ती न्यूज
२६ पुष २०८१, शुक्रबार
image

परासी, नवलपरासी पूर्वको दुम्कीबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ।

शुक्रबार साँझ साढे ५ बजे दुम्कीबासदेखि पूर्वमा रहेको विनयी खोला पुल भाँचिएको हो।

अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको प्रहरीले जनाएको छ। पुल भाँचिएपछि उक्त लरी पुलमै अड्किएको छ।

पुल भाँचिएपछि राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुणखोलामा प्रहरीले रोकेको छ।

वैकल्पिक बाटोको लागि डाइभर्सन खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवरपारसी (पूर्) का डीएसपी जेसी शाहले बताए।