रास्वपा महामन्त्री दाबी गर्दै मुकुल ढकालले दिएको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा

Nepal Cover
१२ असार २०८२, बिहीबार
image

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री दाबी गर्दै डा.मुकुल ढकालले दिएको रिटमा दुबै पक्षलाई छलफलमा बोलाएको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यही असार १७ गते मंगलबार अन्तरिम आदेशबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। ढकालले रास्वपालाई विपक्षी बनाई रिट दायर गरेका थिए । सर्वोच्चले

रास्वपा सभापति रवि लामिछानेकै कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रतिवेदन दिएपछि ढकाल पार्टीबाट निष्कासित गरिएका थिए । तर, निर्वाचन आयोगले सो पार्टीको नयाँ कार्य समिति अद्यावधिक नगरेपछि ढकालले आफू नै सो पार्टीको महामन्त्री रहेको दाबी गर्दै आएका छन् । हालै निर्वाचन आयोगले रास्वपा केन्द्रीय कार्यसमिति अद्यावधिक नभएको पत्र ढकाललाई पठाएको थियो ।

त्यसपछि ढकालले आफूलाई महामन्त्री दाबी गर्दै रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई पत्र पठाएका थिए । तर, निर्वाचन आयोगको पत्रपछि रास्वपाले पदाधिकारी हेरफेर गर्दै हाल कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ ।