मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पैत्रिक सम्पत्तिमा विवाद देखा पर्न सक्छ, साथै दाजुभाइबीच भागबण्डाको समय रहेको छ । व्यवसाय र कृषिमा लगनशीलताले ठूलो उपलब्धि मिल्नेछ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनु पर्ने परिस्थिति आउन सक्छ । आमाबुबाको स्वास्थ्य वा अवस्थाको चिन्ता बढ्न सक्छ । विश्वासपात्रबाट धोका पाउने सम्भावना छ । वैदेशिक रोजगारीमा पनि केही अवरोध आउन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारमा विशेष लाभ हुने समय छ । शत्रु वा प्रतिस्पर्धीलाई सजिलै पराजित गर्न सकिनेछ । अपेक्षाभन्दा बढी लाभ मिल्ने सम्भावना छ । साझेदारी व्यवसायबाट राम्रो फाइदा हुनेछ । भौतिक साधन जुट्ने र दीर्घकालीन लाभ दिने काम सुरु हुन सक्छ । यात्राको योग पनि छ । रोकिएका कामहरू बन्नेछन्, स्थायी आम्दानीको स्रोत सुरु गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाईंको कमजोरी माथि आलोचना हुन सक्छ, सतर्क रहनुहोस् । विगतका कामहरूबाट फाइदा हुने सम्भावना छ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । पैत्रिक सम्पत्ति र सवारी साधनको प्रयोगबाट लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद रहनेछ । आम्दानीमा उल्लेखनीय वृद्धि हुनेछ । कृषि तथा पशुपालनबाट पनि फाइदा मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गरेका कामको उचित प्रतिफल प्राप्त हुनेछ । कृषि र चौपायामा केही समस्या देखिन सक्छ । अवसर प्राप्त भएपनि निर्णयमा ढिलाइ गर्दा पछि परिनेछ । व्यवसायिक खर्च बढ्ने सम्भावना छ । अरूका काममा बढी समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा पर्न सकिन्छ, विचार गरेर बोल्नु उचित हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतका केही निर्णयले काममा समस्या ल्याउन सक्छ । मान्यजनको सल्लाह प्रति विश्वास कम हुन सक्छ । ध्यान नदिंदा अनावश्यक खर्च बढ्नेछ । लोभ देखाउनेहरूले ठग्न सक्छन् । बाध्यताले गर्दा मन नलागेको काम गर्नुपर्ने हुन सक्छ । नजिकका साथीहरू टाढिन सक्छन् । यद्यपि, आँटेका कामहरू बिस्तारै सम्पन्न हुनेछन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूको राम्रो साथ पाइने समय हो । रोकिएका कामहरू बन्नेछन् र नयाँ योजना सुरु गर्न सकिनेछ । व्यापारमा राम्रो फाइदा मिल्नेछ । अभिभावकको सहयोगले काममा सहजता ल्याउनेछ । अतिथिको स्वागत-सत्कारको अवसर मिल्नेछ । मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ । साथ दिने व्यक्तिहरूको उपस्थितिले उत्साह बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा परिवारको सहयोग जुट्नेछ । पशुधन र जग्गाबाट सानो फाइदा मिल्नेछ । प्रतिष्ठा कमाउने अवसर प्राप्त हुनेछ । प्रभावशाली व्यवहारले अरूलाई प्रभावित पार्न सकिनेछ । प्रतिभा प्रदर्शन गर्न सकिनेछ । गुरुजन वा वरिष्ठहरूको साथ मिल्नेछ । प्रयत्न गरेमा लक्ष्यमा पुग्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको गलत अर्थ लाग्न सक्छ, जसले लेनदेनमा विवाद ल्याउने सम्भावना छ । सहयोगीहरूले अपेक्षा अनुसार साथ नदिने हुन सक्छन् । अनावश्यक भेटघाटले मुख्य काममा बाधा पुर्याउन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य कमजोर हुन सक्छ, जसले गर्दा सोचेको काम पूरा गर्न गाह्रो पर्ला । हतारमा लिएको निर्णयले धोका दिन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पर्याप्त आम्दानी हुने समय छ । प्रतिस्पर्धा विना फाइदा उठाउन सकिनेछ । आफ्नै कमजोरीले केही विवादमा परिएला, तर सकारात्मक सोचले लाभ मिल्नेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान प्राप्त गर्ने अवसर छ । सहयोगीहरूबाट हौसला मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ जिम्मेवारी प्राप्त हुने समय हो । पारिवारिक आवश्यकता पूर्ति हुनेछ र श्रमको मूल्यांकन गरिनेछ । शुभचिन्तकहरूको सल्लाहलाई बेवास्ता गर्दा दु:ख भोग्नुपर्ने हुन सक्छ । परिवारजनबाट टाढिनुपर्ने अवस्था आउन सक्छ । कामका सिलसिलामा गरिएको भ्रमण समय खेर जाने मात्र होइन, समस्या थपिने पनि देखिन्छ । व्यापार व्यवसायमा भने लाभदायक समय हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा ध्यान केन्द्रित गर्न गाह्रो हुनेछ । आलोचना सुन्नुपर्ने अवस्था आउन सक्छ । खर्च भएपनि अपेक्षित लाभ नहुन सक्छ । प्रयास गर्दा पनि उपलब्धि प्राप्त गर्न गाह्रो हुनेछ । साना घरेलु समस्या र सामान्य काममै अल्झिनुपर्ने देखिन्छ । स्वास्थ्य सम्बन्धी समस्या पनि देखिन सक्छ । भेटघाटको चपेटामा परेर काममा बाधा पुग्ने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
काममा अवरोध र मान सम्मानमा आघात पुग्ने समय छ । यद्यपि, आम्दानीको राम्रो सम्भावना पनि रहेको छ । अनपेक्षित काम सम्पन्न हुने समय हो । अध्ययनमा कमजोरी देखिन सक्छ, लेनदेनमा विवाद उत्पन्न हुन सक्छ । व्यवसायमा विभिन्न समस्याहरू आउन सक्छन् । आँटेका कामहरू कठिनताका साथ मात्रै बन्नेछन् । खर्च बढ्न सक्छ र पैसाको अभावले काम रोकिन सक्छ ।