भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

Nepal Cover
१३ भाद्र २०८२, शुक्रबार
image

काठमाडौं । भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिष्कार गरेका हुन्।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपाका गणेश पराजुलीलाई बोल्न दिएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालको भूमि लिम्पियाधुरा र लिपुलेकबारे दह्रो तरिकाले कूटनीतिक तवरबाट कुरा राख्न आग्रह गरे ।

त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए। उनले भारत र चीनबीच लिपुलेकलाई समेटेर भएको सहमतिप्रति आपत्ति जनाए। सदस्यका हैसियतले संयुक्त राष्ट्र संघमा कुरा राख्न माग गरे। भिजिट भिसा प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नहुँदासम्म आन्दोलन जारी राख्ने बताए। दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन्। आजको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यसूची छ।