सिरहा। सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारीका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।
घटनाको अनुसन्धान थालिएको र डग टोली बोलाउने तयारी भएको उनले बताए । परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।
सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।
सन्देशमा भनिएको थियो:
‘तुमहारा आदमी हमारे पास है। अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङ्गे। अगर नहि दिया तो मार के फेक दुङ्गा। पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा। हमे २५ तारिक तक पैसा चाहिए नहितो मार दुङ्गा। तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए। जानकारी के लिए हम विहार से है। टेन्सन नही लेना तुम्हरा आदमी सहि सलामत है। बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङ्गा।’