काठमाडौँ । अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ । आजदेखि मन्त्रालयका सबै प्रकारका टिप्पणी र निर्णय प्रक्रिया पूर्ण रूपमा डिजिटल स्वीकृति प्रणालीमार्फत मात्र हुने भएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्रालयको सम्पूर्ण कार्य अब कागजी प्रक्रियामुक्त भई डिजिटल प्रणालीमा आधारित हुने बताएका छन् । उनका अनुसार आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति आदिका सबै काम अनलाइन प्लेटफर्ममार्फत मात्र सम्पन्न हुनेछन् ।