एमाले सचिवालय बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

Nepal Cover
१२ आश्विन २०८२, आईतवार
image

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बोलाइएको छ ।

 जेनजी युवा आन्दोलनपछि एमालेको यो बैठक पहिलो पटक बोलाइएको छ । बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा भएको जनधनको क्षति, केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारको भूमिका, पार्टीले अवलम्बन गर्ने अबको बाटो लगायतका विषयमा छलफल हुने बताइएको छ ।  

२३ र २४ भदौको प्रदर्शनमा ७४ जनाको मृत्यु भएको थियो भने सरकारी र निजी सम्पत्ति समेत गरी खर्बौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।