कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक सुरु

Nepal Cover
१६ मंसिर २०८२, सोमबार
image

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिकाे बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा पुस अन्तिम साता पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ ।

महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा मतऐक्यता नहुँदा केन्द्रीय समिति बैठक लम्बेतान भएको थियो । पटक–पटक सर्दै आएको बैठक पुसमा महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने सहमति जुटेसँगै आज बसेको हो । यसमा संस्थापन समूहकै केही नेताहरू भने सहमत हुन सकेका छैनन् । 

२८ असोजमा सुरु भएको बैठकमा आज पुस मसान्तमा महाधिवेशन गर्ने कार्यतालिका ल्याउने तयारी छ । आइतबार नेताहरू पुस मसान्तमा कार्यतालिका ल्याउनेगरी अनौपचारिक सहमतिमा पुगेका थिए ।