नगद कारोबारको सीमा घट्यो, ५ लाखभन्दा बढीको कारोबार बैंकबाट गर्नुपर्ने

Nepal Cover
१७ मंसिर २०८२, मंगलवार
image

काठमाडौँ । सरकारले नगद कारोबारको सीमा घटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय गरेको हो । 

यसअघि यो सीमा १० लाख रुपैयाँ तोकिएको थियो। यस निर्णयले देशको आर्थिक अनुशासन मजबुत हुने, अवैध लेनदेन र कर छलीमा रोक लाग्ने, तथा डिजिटल र बैंकिङ माध्यमको प्रयोग बढ्दै जाने अपेक्षा गरिएको छ।