नागरिक उड्डयन प्राधिकरण महानिर्देशक प्रदीप अधिकारी पक्राउ

Nepal Cover
१८ मंसिर २०८२, बुधबार
image

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छ्न् । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको विषयलाई लिएर उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

उनलाई आज विशेष अदालतमा उपस्थित गराएर भ्रष्टाचारसम्बन्धी मुद्दामा अभियोगपत्र दर्ता गर्न प्रक्रिया अगाडि बढाइएको छ । अख्तियारका एक अधिकृतका अनुसार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दामा औपचारिक अभियोगपत्र दर्ता गर्ने तयारी भइरहेको छ ।

उक्त घटनाअघि, कात्तिक ३ मा अपरिचित व्यक्तिहरूले सातदोबाटोबाट घर फर्किँदै गरेका अधिकारीमाथि आक्रमण गरेका थिए । आक्रमणमा संलग्न काभ्रे घर भएका कोकिलबहादुर शाह, रामेछापको गेलु घरका ३१ वर्षीय सिर्जन अधिकारी र सर्लाही घरका ३५ वर्षीय हेम तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।