काठमाडौँ । मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यादवले तीन मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री यादवले नेपाली काँग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् । जनमतका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । काँग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन ।