महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

Nepal Cover
१५ माघ २०८२, बुधबार
image

एजेन्सी । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान बारामती विमानस्थलमा भएको विमान दुर्घटनामा निधन भएको छ । आज बिहान अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

उनीसहित दुई पाइलट र दुई सुरक्षाकर्मीको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यम इण्डिया टुडेले उल्लेख गरेको छ । पवार जिल्ला परिषद चुनावको सिलसिलामा चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न मुम्बईबाट चार्टर्ड गरिएको ‘लियरजेट ४५’ विमानमा बारामती जाँदै थिए ।

विमानस्थलमा आपतकालीन अवतरणको प्रयास गर्दा विमानरेनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दुर्घटनापछि विमान पूर्ण रूपमा जलेर खरानी भएको छ । सार्वजनिक भएका दृश्यहरूमा विमानका टुक्राहरू जताततै छरिएको र बारामती क्षेत्रमा ठूलो आगलागीका साथै धुवाँको मुस्लो निस्किएको देखिन्छ ।