कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचना सहित)

सम्पत्ती न्यूज
१ फाल्गुन २०८२, शुक्रबार
image

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले शाखा प्रमुखदेखि लेखपाल पदसम्मका लागि २४२ जना कर्मचारी माग गरेको छ।

बैंकले आठौँ तहको शाखा प्रमुख १ जना, प्रशासन तर्फ छैटौँ तहको व्यवसाय अधिकृत ५२ जना, सीए १० जना, कोसी प्रदेशका लागि लेखापाल २५ जना, मधेसका लागि लेखापाल ४४ जना, बागमतीका लागि लेखापाल ३० जना, गण्डकीका लागि लेखापाल २० जना, लुम्बिनीका लागि लेखापाल ३५ जना, कर्णालीका लागि लेखापाल १५ जना, सुदूरपश्चिमका लागि लेखापाल १० जनाको लागि दरखास्त आह्वान गरेको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।