काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले फागुन २१ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर जसपाले घोषणापत्र सार्वजनिक गरेको हो ।
जसपा नेपालले निर्वाचनलक्षित आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य मागसहितको विस्तृत प्रतिबद्धतापत्र गएको माघ १२ गते नै सार्वजनिक गरिसकेको छ।
जसपाले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क (फ्रि भिसा र फ्रि टिकेट) रोजगारी प्रदान गर्ने नीति लागू गर्ने जनाएको छ । त्यसबाहेक वैज्ञानिक भूउपयोग भूमिसुधार र भू–व्यवस्थापन नीति लागू गर्ने, कृषि जमिनको चक्लाबन्दी र कृषिको आधुनिकीकरण गर्ने जनाएको छ ।
जसपाले आफ्नो घोषणापत्रमा गरिबीको रेखामुनि रहेका जनसङ्ख्यालाई आगामी ५ वर्षभित्र १० प्रतिशतमा ल्याउने जनाएको छ ।
पूर्णपाठ :