सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

Nepal Cover
२५ फाल्गुन २०८२, सोमबार
image

काठमाडौं । सोमबार सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।

रास्वपा नेतृत्वको सरकार बन्ने भएपछि नेप्सेमा दोस्रो पटक पोजेटिभ सर्किट ब्रेक भएको छ । पहिलो सर्किट ब्रेक लागेर खुलेको बजारमा फेरि १ मिनेटमै दोस्रो सर्किट लागेको हो।

चुनावपछि आज खुलेको पहिलो कारोबार दिन बजार खुले लगत्तै पहिलो सकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो । प्रि ओपन सेसनमा दोहोरो अंकले बढेको बजार नियमित कारोबार खुलेको १ मिनेटमा नै १०८ दशमलव ६० अंक बढेर सकारात्मक सर्किट लागेको थियो । अहिले फेरी बजार ११ बजेर २१ मिनेटमा खुलेको बजारमा दोस्रो सर्किट ब्रेक भएको हो ।

नेप्से परिसूचक ५ प्रतिशत अर्थात १३५ दशमलव ७२ अंकले बढेको छ। अब शेयर कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ। अब बजार १२ः०१ बजे खुल्नेछ।

मार्केट दोस्रो पटक हल्ट हुँदा २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मूल्य घटेको छ ।