काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा ११५ रुपैयाँले घटेको हो । सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।