भरुवा बन्दूकसहित २ जना पक्राउ

  Sampatti News

October 9, 2020

खोटाङ । डोटी । भरुवा बन्दूक सहित प्रहरीले आज २ जनालाई पक्राउ गरेको छ । खोटाङमा १ जना र डोटीमा १ जनालाई पक्राउ गरेको हो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेनी बस्ने मेघराज राईलाई २ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक अबैध रुपमा राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो ।

डोटीको बोगटान फुडसिल गाउँपालिका(३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मालाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चवराचौतारा डोटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:October 9, 2020