बाबुछोरा र सहसचिव पोखरेलसहित २८ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

Nepal Cover
२६ चैत्र २०८२, बिहीबार
image

काठमाडौँ । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा, उनका छोरा राहुल र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको छ । 

उक्त मुद्दामा महरासहित २८ जना र एक कम्पनीलाई प्रतिवादी बनाइएको स्रोतले बताएको छ ।

आयोगका कर्मचारीहरू मुद्दासम्बन्धी कागजातसहित विशेष अदालतमा पुगेका छन्। हाल दर्ता पूर्वको कागजी प्रक्रिया तथा विवरण प्रमाणीकरणको काम भइरहेको स्रोतले जनाएको छ।