सुशासनका सवालमा अख्तियार नेतृत्व ऎतिहासिक बन्दै

Nepal Cover
३० चैत्र २०८२, सोमबार
image

काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राइले जेन्जी बिद्रोह अगाडि नै धेरै भ्रष्टहरुलाइ पाता कसिसकेका छ्न।
सुशासनको मुद्दा उठाउदै बिद्रोहमा उत्रिएको जेन्जी पुस्ताले जे खोजेको हो त्यसैको मर्म अनुसार प्रमुख आयुक्त राई आफनो मिसनमा पहिले देखि नै कृयासिल भएकै कारण क्यानका कार्यकारी निर्देशक प्रदिप अधिकारी लगायतका गिरोहले ज्यानै मार्ने सम्मका धम्की खेपेर पनि अगाडि बढेका उहाँलाई हतोत्साहित गराउन बजारमा अधिकारी अस्तुहरुअझै किन सकृय छ्न सरकारले खोजी गर्न ढिलाइ गर्न हुन्न।
आफ्नो ज्यानकोबाजी थापेर सुशासन र भ्रष्टाचार निवारणमा महत्वपूर्ण योगदान पुर्याइरहेका राई लाई बेला बेलामा मिडिया ट्रायल गरिन्छ यस्तो सुन्नेहरु छक्क परेका छ्न। बिचौलिया अख्तियार बाट मुद्दा चलाइएका अनुसन्धानको घेरामा रहेका भ्रष्टहरूकै योजना अनुसार अख्तियार प्रमुखमाथि बेला बेलामा अनेकौं टिप्पणी गराउँछन्।
सुशासनको क्षेत्रमा लागिपरेकाहरुले प्रमुख आयुक्त राई लाई प्रोत्साहित गराउनु पर्नेमा त्यसो गरेको नदेखिनु लाई नेपालका धेरै मिडिया समेत माफियाको कब्जामा रहेको बुझ्न् लाई गार्‍हो पर्दैन ।
बिगत तीन वर्ष भित्र नीतिगत भ्रष्टाचार र भ्रष्टाचार अनिमिताको क्षेत्रमा अख्तियारले विशेषअदालतमा चलाएका मुद्दाहरू हेर्ने हो भने राई एउटा ऎतिहासिक प्रमुख बन्नेकुरा धेरै अध्ययन नै गर्नु पर्दैन ।
वर्तमान बालेन सरकारले उहाँ जस्तो कुशल प्रशासकले थालेका सुशासनका सवालमा प्राथमिकतासाथ दिए भ्रष्टाचार निवारणको क्षेत्रमा अख्तियारलाई अझ क्रियाशील बन्नेमा कुनै दुविधा छैन। कामको रफतारलाइ कम्जोर बनाउन बेला बेलामा बिचौलियाले सामाजिक संजाल देखि मिडियाका सम्पादक सम्म लाई परिचालन गर्नु सुशासनको निम्ति थप चुनौती देखिएको छ। अख्तियारले मुद्दा अगाडि बढाउने भएसगै तिनीहरुले नै अतिरन्जित गरेका विचारहरु बजारमा आउछ्न जान्छ्न भन्ने कुरा आम नेपाली जनताले राम्रोसँग बुझेको सम्पत्ति न्युज लाई नागरिक समाजका एक अगुवाले बताए।

सुशासनको सवालमा गृहमन्त्री र अख्तियार प्रमुख राइको परामर्श पछि भुटानी शरणार्थी काण्ड उजागर हुने भएपछि त्यसमा संलग्न माफियाहरूको होस हवास अहिले उडेको देखिन्छ। आन्दोलन ताका जलेका धेरै फाइलहरू मध्ये सरकारसँग पनि नरहेको र सम्बन्धित अख्तियारसँग रहेकोले अहिले बाहिर अख्तियर कम्जोर बनाउन नानाथरीको हल्ला मचाएको उनै अगुवाले बताएका छ्न। गृहमन्त्री सुदन गुरुङले भ्रस्टाचार गर्ने कोहि उम्कदैनन भन्ने मान्यता बोकेर दिनरात नभनी सुशासनको अभियानमा खटेका उहाँका नतिजा मुखी काममा अख्तियार सगसगै संबैधानिक मर्म अनुसार हातेमालोका साथ लम्केर अगाडि बढदा भ्रष्टहरुको निद हराम भएको बताइएको छ।