बीमा प्राधिकरणका पूर्व कामु अध्यक्ष सहसचिव शर्मा अख्तियारको अनुसन्धानमा

Nepal Cover
३० चैत्र २०८२, सोमबार
image

काठमाडौं । नेपाल  बीमा प्राधिकरणको तत्कालिन समयमा अध्यक्षता सम्हालेका सहसचिव जनकराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन् । पुनर्बीमा कम्पनीको व्यवसायमा गलत निर्णय गर्न अघि सरेको भन्दै उनी माथि अख्तियारले अनुसन्धान अघि बढाएको हो । 

निजामति सेवा अवधीभर नराम्रो काम नगरेका शर्मालाई प्राधिकरणभित्रैका केही कर्मचारीहरुले फसाईदिएपछि अख्तियारको फन्दामा परेका हुन् । त्यसो त बीमा प्राधिकरणकै केही कर्मचारीहरु पनि अख्तियारको राडारमै रहेको सूचना प्राप्त भएको छ ।

स्रोतका अनुसार अख्तियारले नेपाल बीमा प्राधिकरणको तत्कालिन समयमा अध्यक्षता सम्हालेका सहसचिव जनकराज शर्मा नेपाल पुनर्बीमा कम्पनीको व्यवसायमा गलत निर्णय गर्न अघि सरेको भन्दै उनी माथि अख्तियारले अनुसन्धान अघि बढाएको हो । यद्यपि उक्त अपराध सम्पन्न भइनसकेकोले कारवाही हुन्छ कि उन्मुक्ति पाउँछन् भन्ने अझै एकिन भइसकेको छैन ।

‘हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा र पुनर्बीमाको दायित्वमा निर्देशन सम्बन्धमा शर्मा छानविनमा परेका हुन् । बीमा प्राधिकरणभित्र बसेर पदीय दायित्व पुरा नगर्ने तथा गलत तरिकाले काम गर्ने केही कर्मचारीहरुलाई पनि अख्तियारले सुक्ष्म निगरानी गरिरहेको बुझिएको छ ।

आफू अप्ठेरोमा पर्ने देखिएपछि शर्माले बीमा प्राधिकरणको अध्यक्षबाट राजिनामा दिएका थिए । तत्कालिन अर्थमन्त्री रामेश्वर खनालको पालामा यो घटना भएको हो । खनालले राम्रो मानिस भनेर बीमा प्राधिकरणमा पुर्याएको शर्मालाई प्राधिकरणभित्रैका सु्र्य सिलवालको लागि काम गर्ने एजेन्टले झुक्याएर फसाएको बुझिएको छ ।

नियाामकहरु मध्ये धेरै नीतिगत भ्रष्टाचार हुने बीमा प्राधिकरणभित्र यस्ता कैयौं काण्डहरु छन्, जसका कारण कुनै पनि कर्मचारी तथा पूर्व कर्मचारी एवम् पूर्व अध्यक्षहरु कुनै पनि बेला जेल जान सक्ने सम्भावना रहेको छ ।
जनशक्तिमा नियामकीय क्षमता विकास पर्याप्त हुन नपाउँदा र राजनीतिक सेटिङका कारण बीमा प्राधिकरणले अप्ठेरो अवस्थाबाट गुज्रदै आएको छ । अहिले पनि स्थायी अध्यक्ष विहिन अवस्थाबाट गुज्रिरहेको छ ।

हिल्टन होटलको बीमा दायित्व भुक्तानीको क्रममा हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई ठूलो दायित्व पर्ने भएपछि त्यसको नीतिगत निर्णय गराई सरकारको समेत लगानी रहेको नेपाल रि इस्योरेन्स कम्पनीलाई दिने छलफल भयो । त्यो विषयको नीतिगत व्यवस्थापन गर्ने जिम्मेवारी तत्कालिन बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले लिए ।

प्राधिकरण र ती दुई पुनर्बीमा कम्पनी बीच त्यसको लागि केहि कागजात समेत तयार भए । त्यसले सार्थकता पाउन भने सकेन । त्यहि समयमा अर्थ मन्त्रालयमा समेत दुईधार बन्यो । एक धारले विविध निकायमा उक्त घटनाक्रमको जानाकारी गरायो । 

तत्कालिन अर्थमन्त्री रामेश्वर खनाल समक्ष समेत यो घटना पुग्यो । सहसचिव शर्मा मन्त्री खनालको प्रिय पात्र नै थिए ।  उनीलाई प्राधिकरण्को अध्यक्षताबाट तत्काल हटाइयो । र सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइयो ।