जिप दुर्घटना हुँदा १० जना घाइते

  Sampatti News

October 9, 2020

बैतडी । पञ्चेश्वर गाउँपालिका–४ आमचौरास्थित सडकमा से.१ ज ८८८ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार पञ्चेश्वर गाउँपालिका४ बस्ने ४५ वर्षीय बलबीर सार्की समेत १० जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरातर्फ पठाइएको छ ।
जिपका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:October 9, 2020