लेखा अधिकृत यादव दाजुको निर्वाचनमा अहिलेदेखि नै सकृय

Nepal Cover
१३ बैशाख २०८३, आईतवार
image


गौर । आफनो दाजु लाई आगामी स्थानिय निर्वाचनमा मेयर उठाएर जिताउन हाल सम्म कहिले नसमालेको शाखा अधिकृतको जिम्मेवारी पाउ भन्ने अडको खोजेर अहिलेदेखि नै सेवाग्राही लाई दुख दिएको खबर सुन्दा अप्त्यारिलो लाग्न सक्ला तर यो साच्चो हो।
गौर नपा भित्र अहिले कहिँ नभएको जात्रा गौरमा भन्ने गरि एउटा अधिकृतले देखाइरहेका दृश्य कम्ता रोचक छैन।
हेर्दा कुरा सामान्य तर विषय पेचिलो बन्दै गएको छ।
प्राप्त जानकारी अनुसार सोहन कुमार यादब लेखा अधिकृतले गौर नपा बाट समायोजन र अन्य नपामा सरुवाको निम्ति पत्र लगे पछि तत्कालीन मेयर अजय गुप्ताको पालामा पुरै समय गरुडा नगरपालिकामा बिताए ।
सो समय देखी नै गौर नपामा काम नगरी लामो समय देखि अफिस नआएका चेकमा हस्ताक्षर नचलेका कर्मचारी हुन भन्ने कुरा सबैलाई जानकारी नै छ।
गरुडा नपा बाट गौर फर्के सगै उनको कार्यशैलीले गर्दा तत्कालीन मेयर गुप्ताले हाजिर नगराएपनी मानबियता र सेवाग्राहीले हैरानी ब्यहोर्नु नपरोस् भन्ने मान्यताका साथ मेयर शम्भु साहले आफू निर्वाचित भएसगै छैठौं तहका अधिकृत यादवलाई आर्थिक बिकास शाखामा राजस्व असुलीको काम गर्ने गरि हाजिर गराएका कर्मचारी थिए।जबकि यतिबेला सम्म पुरानै लेखा अधिकृत सोयल अन्सारीले नै चेकमा हस्ताक्षर गर्दै इमानदारीसाथ जिम्मेवारी समाल्दै आइरहेका थिए र हालसम्म नै नगरपालिकाको काम सरासर अगाडि बढेकै थियो। तर पछिल्ला दिनमा उनै अधिकृत यादव राजनैतिक चलखेल गर्ने र आचारसंहिता बाहिर गएर प्रस्तुत भएसगै स्थानीय नागरिकको गुनासो आएपछि गौर नपाले यादवलाई अन्यत्र सरुवा भै गएहुने बताएको थियो र उनले सरुवाको सहमति समेत लिएर गौर नपामा तोकिएको जिम्मेवारीपूर्वक काम नगर्ने कर्मचारी हुन भन्ने परिचय त बनाए कै थिए। तर केही दिनदेखि केहि पत्रकार लाई पनि उधारो आश्वासन दिएर आफू अनुकूल समाचार सम्प्रेषण गराएर सस्था बिरुद्ध लागेको सन्दर्भले अधिकृत यादब थप संकटमा परेको देखिन्छ।
कहिले नलिएको जिम्मेवारी यादवले मागेर अनावश्यक झमेला खडा गरे सगै लामो समय देखि गौर नपाको खाता संचालन हुन नसक्दा सेवाग्राही थप मर्कामा परेको सन्दर्भलाई नागरिकले निको मानेका देखिदैन।
स्थानीय सरकारको नेतृत्व कार्यपालिका को हैसियतले मेयरले गर्ने भनिए पनि पूरा नपा कार्यालय लाई धुमिल पार्दै दैनिक कामलाई नै बाधा पुग्ने भएपछि नपाले बाध्य भएर महालेखा नियन्त्रक कार्यालय लाई पत्र लेखेर अवस्था सहज बनाउन मात्रै होइन यस्ता गलत मनसिकता बोक्ने कर्मचारीलाई कार्वाहीको निम्ति पत्राचार गरेको रौतहटका एक संचारकर्मिले सम्पत्ति न्युज लाई बताएका छन।
राजनीतिक स्वार्थ प्रेरित अधिकृत यादबले तोकिएको काम कहिल्यै गरेनन्
२०७७ भाद्र देखि गरुडामा काम मा गएका शाखा अधिकृत यादब तत्कालीन मेयर गुप्ता हुँदा पनि गरुडामा कार्यरत थिए।त्यति बेला नै लेखामा हाजिर हुन आएका थिए तर त्यतिबेलाका मेयर गुप्ताले हाजिर गराएनन।२०७७ देखी गौरमा पबन महतोले काम गर्थे त्यतिबेला देखि नै गौर नपामा सोयल अन्सारीले लेखा मै समान हैसियतका लेखा अधिकृत भएका कारण तोकिएको जिम्मेवारीपूर्वक नै चेकमा हस्ताक्षर गर्दै कार्यरत थिए। हाल सम्म पनि उनै अधिकृत अन्सारीले नै चेकमा हस्ताक्षर गर्दै आएका छ्न मेयर लगायतको अहिलेको माग पनि लामो समय काम गर्दै आएका पुरानै अधिकृत अन्सारी लाई नै निरन्तरता होस भन्ने हो।
जब शम्भु साह मेयर भएर आए त्यसपछि गौर फर्केका अधिकृत यादव लाई मेयर साहले आर्थिक बिकास शाखामा काम गर्नेगरी जिम्मेवारी दिए पनि अधिकृत सोहनकुमार यादबले हालको तीन वर्ष सम्म १० मिनेट सम्म पनि अफिसमा काम नगर्ने उनको कार्यशैलीले सबै कर्मचारीले हैरानी ब्यहोर्दै आएका मात्रै थिएनन् कि नगरपालिकाका अन्य कर्मचारी लाई समेत यो शैलीको प्रभाव परेको थियो। तर हाल आफनो दाजु मोहन यादव लाई आगामी स्थानिय निर्वाचनमा मेयर उठाउन सहयोग गर्न हाल लेखाको अधिकृतको जिम्मेवारी हत्याउन र सो को बलमा निर्वाचन आफनो पक्षमा पार्न जोडबल गरेको उनले देखाएको अस्वभाविक चलखेलले प्रष्ट पारेको बताइन्छ।
गौर नपा बाट गरुडा काजमा गएर फर्के लगत्तै नपा आर्थिक बिकास शाखा बसेर तोकिएको जिम्मेवारीबाट आज सम्म कुनै राजस्व असुलीको काम गर्न सकेनन् । हालसम्म एउटा रसिद कटाउने सम्मको काम उनको पहलमा हुन नसकेको बताइन्छ।
जबकि जिम्मेवारी लिएर तीन वर्ष नौ महिना बस्दा मौन बस्ने काम नगर्ने उनको कार्यसम्पादन कस्तो थियो भन्ने कुरा नपाको सिसिटिभी फुटेज हेरेर पनि भन्न सकिन्छ।थप रहस्य के भने कहिले पनि लेखामा काम नगरेका उनले जब स्थानीय चुनाब नजिकिँदै छ तब आफनो जिम्मेवारी चाइयो भन्दै एकाएक भुत सवार भएर कोलनिकामा पत्राचार गर्न पुग्छ्न भने यो सरासर कर्मचारीले आफनो तोकिएको जिम्मेवारीबाट अलग भै नयाँ जिम्मेवारी खोजेको बहानामा प्रत्येक्ष राजनीति गर्न खोजे भन्न गाह्रो मान्नुपर्दैन गौरका नागरिक समाजको भनाइले प्रस्टाएको छ।
एउटा राष्ट्रसेवक कर्मचारीले खटाएको स्थानमा जतिबेला जहाँ रहेर पनि काम गर्न सक्छ फेरि नपाका मेयर ,उपमेयर र प्रसाशकिय अधिकृत मात्रै होइन सेवाग्राही सम्म रुष्ट हुन पुग्नु भनेको यस्ता कर्मचारी प्रवृत्ति लाई तत्काल छानबिनको दायरामा ल्याउन ढिलाइ गर्नुहुन्न भन्ने प्रश्न समेत उठेको छ यस बिषयमा रौतहट कोलनिका लगायतका सरोकारवाला निकायको तत्काल ध्यानाकर्षण हुन जरुरी छ भने स्थानिय निकायलाई बन्धक बनाइराख्नु पनि उचित देखिदैन। खटाइएको स्थानमा काम नगर्ने शाखा अधिकृत यादव लाई दोहोरो जिम्मेवारी लिएर काम भैरहेका जिल्लाका अन्य स्थानिय तहमा खटाएर पनि गौर नपाको काम पहिला देखि जसरी भैरहेको थियो सोही बमोजिम सुचारु गर्न ढिलाइ गर्न नहुने धारणा समेत सबै क्षेत्र बाट आउन थालेको छ।