मिस नेपाल को सर्टिफिकेट नक्कली

सम्पत्ती न्यूज
१३ बैशाख २०८३, आईतवार
image



काठमाडौ ।पुर्व मिस नेपाल उषा खडगीको प्रेम मात्रै होइन  सर्टिफिकेट  नक्कली भएको  काण्डले थप  चर्चामा आएकी छिन।

प्राप्त जानकारी अनुसार आफ्नो असल प्रेमी जिपि तिमल्सिना लाई धोका दिदै नयाँ संसारमा रमाएकी उषाले मिस नेपालको ताज कसरी पहिरिन चासोको बिषय बन्दै गएको हो।

प्राप्त जानकारी अनुसार  हरिखेतान क्याम्पस बीरगंजमा  नक्कली डकुमेन्ट पेस गरेर आइए पढेकि उनले  निम्न सर्टिफिकेट नक्कलि भएका कारणले आइए को सक्कली सर्टिफिकेट नै हरिखेतान क्याम्पसले नदिएकाले उषाको शैक्षिक सत्र अगाडि बढ्न सकेन समाचार श्रोत बताउछ।

अन्तराष्ट्रिय स्तरमा मिस वर्ल्ड हुनका लागि निम्नतम शैक्षिक योग्यता 12 पास हुनै पर्ने नियम पनि छ ।तर उषा खड्गिको लागी यो नियम लागेन भन्ने प्रश्न यी सर्टिफिकेटले उठाएको देखिन्छ ।

झुटको बैसाकी टेकेर  योग्यता नभएको मान्छेले कसरी ताज लगाउन सफल भयो यो प्रश्नको जवाफ हिडेन ट्रेजरले पनि दिनुपर्ने बाध्यता आइपरेको  देखिन्छ।  उनको यो झुटको साहाराबाट प्राप्त ताज बिस्तारै फिक्का बन्न पुग्ने भएको  देखिन्छ।

*नक्कली सर्टिफिकेटले सक्कली ताजलाई भयो अन्याय*

आयोजकलाई र आम नागरिक लाई त उषाले झुक्याएर ताज पहिरिन तर सक्कली ताज पाउने उनि भन्दा पछाडिकि प्रर्तिस्पर्धि बिभामाया रंजित लाई पर्न गएको अन्यायको त्यो क्षतिपुर्ती  भने कसरी पुर्ताल गर्ने प्रश्न पेचिलो बनेको छ।

नक्कली काममा सुरुवात देखि नै भिडेकी उषाको प्रेम पनि नक्कली नै बन्न पुग्यो आखिर छुटयो जिपिको साथ  टुट्यो प्रेमिल घर जल्यो सपनाका सारा    संसार  तर  जालझेल भने उनै उषामा निरन्तर रहिनै रहयो। त्यसो त पाइनन न्याय मिस नेपालकि दोश्रो हुने  प्रतिस्पर्धी रन्जितको  अब हुने भो नयाँ  तरङ्गको उजागर ।

सक्कली सटिफिकेट मात्रै होइन सबै  मापदण्डले अब्बल देखिने एउटा चेली किन पछि परिन यो रहस्यमय अध्यायको  पर्दा खोल्ने कि नखोल्ने नक्कली सर्टिफिकेटले नागरिक बीचमा बढाएको  अन्योलतालाइ  चिर्न जरुरी देखिन्छ।



समाचार श्रोतका अनुसार नागरिक समाजको तर्क बलियो सग किन पनि उभिएको छ भने  यसमा योग्य ब्यक्तिले न्याय पाउनै  पर्छ ।

त्यसो त  मिस नेपालको वेव साईड हेर्दा उषा खडगिको बायोडाटा अर्काईभ देखियो किनकि उनि सित सत्य तथ्य प्रमाणपत्र नै थिएन भन्ने कुरा यस बाट प्रष्ट हुन्छ।

सवाल यतिमात्र होइन?

  यो किन र कसरी भयो ?अब सबैतिर बाट  प्रश्न गर्ने बेला आएको छ।

*हिडेन ट्रेजर  मिस नेपाललाई नागरिकको  पाँच प्रश्न*
1. मिस नेपालमा भाग लिनका लागि नेपालमा निम्नतम शैक्षिक योग्यता कति  ? 
2.  मिस वर्ल्ड्रमा भाग लिनका लागि अन्तराष्ट्रिय जगतमा योग्यता कति  ?
3. मिस नेपालमा सहभागी हुन अन्य मापदण्ड के के छन् ?
4. ठगि गरेर जितेमा र पछि यदि अयोग्य ठहरिएमा नेपालको कानुनमा के छ ?
5. हिडेनट्रेजर सित के जवाफ छ ? नागरिक समाज लाई कस्तो जवाफ दिन्छ प्रतीक्षाको बिषय बनेको देखिन्छ। यसरी सबै क्षेत्रमा बिबादास्पद छबि भएकि खडकिलाइ  लण्डनमा भाग लिन  कसले कसरी पाठाएको हो? ठगि र किर्ते गर्नेलाई पनि नेपालि समाजले आईडल मानिदिनु पर्ने हो यी यावत प्रश्नको सामना गर्न अब हिडन्ट्रेजर उभिनु पर्ने भएको  छ।           

खड्गि भन्दा पछाडिकि ती शिक्षित , बौध्दिक अनि  संस्कार युक्त स्वाभिमान समाजका प्रेरणा हुन्  भन्ने कुरा चटक्कै बिर्सन सकिन्न तर  यस्ता झुट किर्ते धन्दा लाई नेपाली समाजले  जवरजस्ति पत्याईदिनु पर्ने ?  यो झुटको खेति बन्दका लागि पनि अब राज्यका कानुनी प्राबधान सक्रिय बन्नुपर्छ भन्नेबारे बहस केन्द्रित भएको छ।

मिस नेपाल त  स्वस्थ प्रतिस्पर्धा हुने भनिए पनि जालझेल र तिकडमको हदैसम्म देखिदो रहेछ भन्ने यस्ता खाले नक्कली काम अब बाट हुने छैन भन्ने ग्यारेन्टी गराउन पनि कानुनी पाटो सकृय बन्नुपर्ने देखिन्छ। जसले गर्दा मिस नेपालले पहिरिने त्यो ताज  समाजको प्रेरणा को स्रोत हुन सकोस् ।