बागमतीका मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

Nepal Cover
२१ बैशाख २०८३, सोमबार
image

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। विभागले सोमबार काठमाडौं र हेटौंडास्थित उनका आवास तथा कार्यालयहरूमा एकैसाथ छापा मारेको जनाएको छ।

‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान थालेको हो ।

विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको हो ।

उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने सन्दर्भमा कानुनी परामर्शसमेत भइरहेको स्रोतले नेपाल प्रेसलाई बतायो ।