मधेश सरकारले आज अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै

Nepal Cover
१ असार २०८३, सोमबार
image

 जनकपुर । मधेश प्रदेश सरकारले आज अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदै छन् । भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात समेटेर आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि बजेट ल्याउन लागेको हो ।

सदनमा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसको लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

मधेश सरकारले आज स्थापनाकालदेखि अहिलेसम्मकै सानो आकार अर्थात ४२ अर्बभित्रको बजेट ल्याउन लागेको हो । चालु र पुँजीगत गरी ४१ अर्बको हराहरीमा बजेट ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि गत वर्ष मधेश सरकारले चालु आर्थिक वर्ष ८२/८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । तर, पछिल्लो समयमा करिब १२ अर्ब रुपैयाँ बजेट घाटा भएपछि सरकारले प्रत्येक विकासे योजनामा २० प्रतिशतसम्मको बजेट कटौती गरेको छ । क्षमताभन्दा ठूलो बजेट ल्याएपछि सरकार आर्थिक जोखिममा परेको थियो ।


ल्याउन लागेको आगामी वर्षको बजेटमा उपभोक्ता समितिलाई निस्तेज गर्न विकासे बजेट ३र४ वटा शीर्षक जोडेर भएपनि एक करोड रुपैयाँको ल्याउन लागेको जनाएको छ ।