चन्द्रनिगाहपुर वरपरका बिद्यालयमा मण्डल आतंक

निजि बिद्यालयको नितिगत मामलामा समेत मण्डलको आर्थिक चलखेल

सम्पत्ती न्यूज
८ असार २०८३, सोमबार
image

चन्द्रनिगाहपुर। सरकार परिवर्तन भएको छ । परिस्थिति फेरिएको चर्चा सर्वत्र छ तर मधेस भित्रका स्वास्थ शिक्षा र कृषि जस्ता प्रत्येक्ष जनता संग जोडिएको बिषयमा अझै पनि राहतको अनुभुती हुन नसकेको शिक्षा क्षेत्र संग सम्बन्धित सेवाग्राहीले बताउन थालेका छ्न्। खेती लाउने सिजन सुरु भएको छ। किसानले मल पाउदैनन्। कृषि सामाग्री सस्थान चन्द्रनिगाहपुरका प्रमुख सेटिङ्ग्गमा संचालित देखिएका छ्न्। सहकारी मार्फत मल उपलब्ध गराउने भनिए पनि सहकारीले सदस्य नबनी मल नदिए संगै किसान ब्याल्कमा किन्न बाध्य भएको पौराइका किसान चतुर्मान तामाङले सम्पत्ति न्युजलाई बताए ।
त्यस्तै बिद्यालयमा अध्ययनरत छात्रा छात्रलाई उपलब्ध हुने पौष्टिक आहारको सेवा सुबिधा लामो समय देखि चन्द्रपुर नपा शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलको कब्जामा परेको देखिन्छ।
अधिकार त स्थानीय तहमा आयो तर मण्डल जस्ता कर्मचारीले गर्दा यो अधिकार बादरको हातमा नरिवल बन्न पुगेको छ।
चन्द्रपुर आए यता उनले शिक्षक दरबन्दी रकमको बलमा बेच्ने मात्रै गर्दैनन्, बिद्यालयका पुर्वाधार निर्माणकार्य गर्दा होस वा जे गर्दा पनि प्रधानाध्यापकहरु लाई थप दबाब दिएर अनावश्यक चलखेल गरेको सन्दर्भ हालसम्म कुनै राजनैतिक दलको नेताको सुधारको बिषय बन्न सकेन। बरु मण्डल जस्ता कर्मचारीको सस्थागत बिकासमा सबै राजनीति दल नै प्रतिस्पर्धामा उत्रनुले पनि मण्डल प्रवृत्ति हाबी बन्दै गएको छ।
नेपाली काङ्ग्रेस बनेर अहिलेसम्म तर मारेका मण्डल पछिल्ला केही देखि रास्वपा चन्द्रनिगाहपुर पार्टी कार्यक्रममा साझ बिहान कसैले नदेख्ने गरि पुगेर मेयर संजय काफ्लेले नगरपालिका डुबाए हामीलाई काम गर्न गाह्राे भो अब जतिसक्दो चाडो रास्वपाको मेयर आउनुपर्ने भो र म जस्ता लाई न्याय दिनुपर्ने भो भनेर गरेको हारगुहार हेर्न लायक नै देखिएको रास्वपाका एक शिक्षा हेर्ने एक नेताले सम्पत्ति न्युजलाइ बताए।
चन्द्रपुर निजी बिद्यालय संग नगद असुल्ने र सरकारी बिद्यालयका विद्यार्थीले खाने खाजाका पौष्टिक आहारको रकम बिद्यालय संग मिलेर आफनो खल्तीमा हाल्ने मण्डल राज लामो समय देखी कायम नै देखिएको छ।
कुरामा सबैलाई लठ्ठ बनाउन सक्ने कला र गला भएका मण्डलले चन्द्रपुर आएयता करोडौं असुली सकेको चर्चा छ जसको परिणाम काठमाडौंमा घर र चन्द्रनिगाहपुरमा घर जग्गा जोडिसकेका छ्न्।

निजि बिद्यालयको नितिगत मामलामा समेत मण्डलको आर्थिक चलखेल

चन्द्रपुर नगरपालिकामा जो कार्यकारी आए पनि मुठ्ठीमा पार्न सक्ने मण्डलको खुबिका कारण काङ्ग्रेस बन्नु संरक्षणको राम्रो आवरण थियो। यस्ता छदमभेसी कर्मचारीका कारण इमानदारीपूर्वक काम गर्ने कर्मचारी बदनाम हुँदै गइरहेको नाम उल्लेख नगर्ने सर्तमा एक प्रधानाध्यापकले सम्पत्ति न्युजलाइ बताए। चन्द्रपुर नपा अन्तर्गतको सरकारी तथा निजि बिद्यालयले दिने छात्रवृत्तिमा समेत मण्डलको ठुलो रकम चलखेलका कारण नतिजालाई अन्तिम रुप दिन सकेको छैन।असार ५ गते प्रकाशित छात्रवृत्ति नामावलीलाई किनबेचमा मण्डल हाबिभएको बिषयले चन्द्रनिगाहपुर तातिरहेको एकातिर छ भने मण्डल अर्कोतिर रास्वपा पार्टी कार्यालयमा नामलिष्ट माग्न पुगेको र मलाई अब रास्वपा मेयर चाइएको छ भन्ने कुराको सन्दर्भले चन्द्रनिगाहपुर थप गर्माएको बताइन्छ।


ऋषिकुमार यादब बाट