सवारी साधनमा लगाएको प्रतिवन्ध फुकुवा गर्दै सरकार

  Sampatti News

October 12, 2020

काठमाडौं । सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सोही कुरा जानकारी गराएका हुन् ।

उनका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार डलरभन्दा बढीका सवारी साधनमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले सरकारले फुकुवा गर्ने निर्णय गरिएको उनले जनाए ।

प्रकाशित मिति:October 12, 2020