फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा “फ्याक्ट्स अफ नेपाल २०२०” सार्वजनिक

फ्याक्ट्स वर्ष पुस्तकको छैठौँ संस्करणको बिमोचन

  Sampatti News

October 12, 2020

काठमाडौँ । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरि तयार पारेको वार्षिक पुस्तक  FACTS of Nepal: 2020 संस्करण आज अनावरण गरेको छ ।

यस २०२० को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्याङ्क संकलन गरि बनाइएको सूचनागत दृष्यचित्रहरु (इन्फोग्राफिक्स) समावेश गरिएका छन् । यो पुस्तकमा देशको सामाजिक, आर्थिक क्षेत्र लगायतका १० क्षेत्रहरु समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको छैठौँ संस्करण हो । यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्याङ्क र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको छ ।

यो संस्करणको मूल्य ने.रु. ५०० राखिएको छ र देशका प्रमुख पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध हुनेछ । यस पटक पाठकहरुले यो पुस्तक बिभिन्न अनलाइन पोर्टलबाट पनि अर्डर गर्न सक्नेछन् । प्यानडेमिकका कारण सार्वजनिकीकरणमा केहि ढिलाइ भएता पनि परम्परालाई निरन्तरता दिदैँ यो संस्करणको बिमोचन गरिएको हो ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यम मार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ । तथ्याङ्कीय पारस्परीक छलफलहरु र सूचनागत दृश्यचित्र (इन्फोग्राफिक्स) लाई बुझ्नको लागि फ्याक्ट्सले अनलाईन समाचार पोर्टल, दैनिक पत्रिका, मासिक पत्रिका र राष्ट्रिय टेलिभिजनहरुसँग साझेदारी गरेर अघि बढीरहेको छ ।

प्रकाशित मिति:October 12, 2020