बैंकिङ कसुर मद्दाका फरार प्रतिवादी पक्राउ

Nepal Cover
२६ आश्विन २०७७, सोमबार
image

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३ बस्ने गोरखा, गोरखा नगरपालिका–६ घर भएका ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई आइतबार प्रहरीले समाएको छ ।

उच्च अदालत पाटनको २०७७ जेठ ३० गतेको फैसलाले १५ दिन कैद र ३४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन रत्ननगरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी समाएको हो ।

श्रेष्ठले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी एक महिलालाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नकालागि बिभिन्न बैंकहरुको चेक काटी दिएको घटनामा उच्च अदालत पाटनले श्रेष्ठलाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत चितवनमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।