एनआईसी बैंकको कार्डमार्फत ई–कमर्शमा अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म आकर्षक नगद फिर्ता प्राप्त गर्न सकिने

  Sampatti News

October 13, 2020

एन आई सी एशिया बैंकले अनलाइन सामान खरिदमा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । उक्त आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam र Kalmartस्ता ई–कमर्शबाट बैंकका ग्राहक महानुभावहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ । नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै यस्तो योजना ल्याएको हो ।

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहक महानुभावहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै यस बैंकले Sastodeal र Gyapu Marketplace मा २० प्रतिशत वा रू.२००० सम्म, Kalmart मा २५ प्रतिशत वा रू.१५०० सम्म तथा Thulo Pasal, Infistore र Okdam मा १५ प्रतिशत वा रू.१००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ । यस बैंकमा आबद्ध ग्राहक महानुभावहरूले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सकिने छ । चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहक महानुभावहरूले सो अवसरको फाइदा लिनुहुने बैंकले विश्वास लिएको छ । साथै यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछ ।

बैंकले कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे Cybersource मार्फत जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा जारी गरिएको कार्डहरूमार्फत अनलाइन रुपमा भुक्तानी प्राप्त गर्न सकिने सुविधा ल्याएको हुँदा इच्छुक मर्चेन्टहरूले आफ्नो व्यवसायमा यस बैंकको Cybersource अनलाइन भुक्तानी प्रणाली जोडी ग्राहकको भुक्तानी रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिने छ । बैंकले ल्याएको यस नवीनतम सेवाले भविष्यमा विभिन्न ई–कमर्शहरूसँग विभिन्न नगद फिर्ताको योजनामा सहकार्य गर्दै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्ने यस बैंकले लक्ष्य लिएको छ ।

बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । साथै ग्राहकले MoBank बाट भुक्तानी गर्दा Happy Hour योजनाबाट रू. ४००,Super Six Campaign योजनाबाट रू. ५०० तथा अनलाइनबाट खाता खोली पहिलोपटक MoBank मार्फत कारोबार गर्दा रू. ५०० गरी मासिक रुपमा रू. १,४०० सम्मको नगदफिर्ता प्राप्त गर्ने योजना समेत बैंकले सञ्चालन गरिरहेको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्नेको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन सहयोग पु¥याउन बैंकले यस प्रकारका योजनाहरू कार्यान्वयनमा ल्याइरहेको छ ।

प्रकाशित मिति:October 13, 2020