विदेशि मुद्रा अपचलन गरेको आरोपमा व्यापारी विरुद्ध मुद्दा दायर

Nepal Cover
२७ आश्विन २०७७, मंगलवार
image

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा एक व्यवसायीविरूद्ध मुद्दा दायर गरेको छ।
गत बिहीबार विभागले हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरूद्ध एक अर्ब ७१ करोड ५६ लाख २८ हजार रूपैयाँ बिगो असुल गरी तीन गुणासम्म जरिवाना र तीन वर्ष कैद सजायको मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। विभागका अनुसार उनले चोरी पैठारी गरिएका सामानको भुक्तानीका लागि गैरकानुनी रूपमा विदेशी मुद्रा विदेश पठाएका छन् ।

विभागका अनुसार उनले यसरी १ अर्ब ७१ करोड ५६ लाख २८ हजार रूपैयाँ बराबरको रकम विदेश पठाएको देखिएको छ । उनले भन्सारबाट मालसामान पैठारी गर्दा लुकाइछिपाइ ल्याउँथे। त्यसरी ल्याएको सामानको कारोबार नदेखाई छुट्टै लेजरमा अभिलेख राखेर राजस्व चुहावट गरेको देखिएको छ।