दुई देशका लागि भारतीय राजदुत नियुक्त

  Sampatti News

October 13, 2020

काठमाडौँ । भारतले दुई देशका लागि भारतीय राजदूत नियुक्त गरेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इन्डोनेसिया र अल्बानियाका लागि राजदूत नियुक्त गरिएको हो ।

भारतको परराष्ट्र सेवाको १९८८ को समूहबाट परराष्ट्र सेवामा प्रवेश गर्नुभएका मनोज कुमार भारतीलाई इन्डोनेसियाका लागि राजदूत नियुक्त गरिएको हो ।

विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयको विषेश सचिवका रुपमा काम गर्नुभएका भारतीलाई इन्डोनेसियाको नयाँ राजदूतको रूपमा नियुक्त गरिएको उल्लेख छ ।

त्यसैगरी राहुल श्रीवास्तवलाई अल्वानियाको राजदूतमा नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ । उनी पनि परराष्ट्र सेवाकै सन् १९९९ को समूहको कर्मचारी हुन् ।

उनले अहिले रोमानियाका लागि भारतीय राजदूतको रुपमा काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

उनीहरु दुवै जनाले चाँडै नै आफ्नो कार्यभार सम्हाल्नुहुने पनि विज्ञप्तिमार्फत् विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति:October 13, 2020