थप २ हजार ६सय ३८ जनामा संक्रमण पुष्टि

  Sampatti News

October 14, 2020

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार १ सय ७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ भने ४ हजार ६ सय ६६ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७५ पुगेको छ।

प्रकाशित मिति:October 14, 2020