सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड, ३ हजार बढीको आवेदन रद्ध

  Sampatti News

October 16, 2020

काठमाडौँ । सानिमा जनरल इन्सुरेन्स कम्पनीको आईपीओ आज बाँडफाँट भएको छ ।८ लाख ६६ हजार ९ सय ५ जनाले आवेदन दिएकामा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९० हजार ५ सय ४५ जना आवेदनकर्ता हात रित्तो भएको छ भने ३ हजार ३ सय ६० जना आवेदकको आवेदन रद्ध इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीले निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान अनुसार असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो ।

त्यस्तै, ५५ अर्थात १ लाख ५० हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको थियो । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति:October 16, 2020