विभिन्न समाचार माध्यममा सुन कर्जा सम्बन्धमा आएका तथ्यहिन समाचार प्रति बैंकका ध्यानाकर्षण

  Sampatti News

December 26, 2020

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको कुमारीपाटी शाखाबाट प्रबाह भएको सुन कर्जा सम्बन्धमा हाल बिभिन्न मिडियाहरुमा प्रकाशित समाचारहरु प्रति बैंकले गम्भिर ध्यानाकर्षण गराएको छ । बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुनजाँचकी पदमा कार्यरत कर्मचारीको बैंकको सेवा समाप्त हुने भई बैंकले अर्को सुनजाँचकी खटाई निजहरुका बिचमा बरबुझारथको कार्य हुँदा बिभिन्न सुन कर्जामा कैफियत देखिन गएको र त्यस्ता कैफियत देखिएका कर्जाका सम्बन्धमा तत्कालिन सुनजांचकीले सम्पूर्ण जिम्मेबारी लिंदै बैंक समक्ष निवेदन दिएकोले त्यस बारेमा बैंकले आन्तरिक छानविन समिति गठन गरी छानबिन गर्दा तत्कालीन सुनजांचकी र सुन धितोराखी कर्जा लिने ऋणी समेतको मिलेमतोबाट कैफियत हुन गएको तथ्य छानविन प्रतिवेदनबाट देखिएकोले यस बैंकले तत्कालिन सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान तथा तहकीकात गरी बैंकको हानी नोक्सानी गराएको विगो असुल उपर गरी पाउन प्रहरी प्रधान कार्यालय, केन्दि«य अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिई उक्त ब्यूरोबाट सत्यतथ्यको बारेमा छानविन भइरहेको बैंकले जनाकारी दिएको छ ।
उक्त प्रकरण अनुसन्धानको क्रममा नै रहेकोले अनुसन्धानलाई प्रभाव पर्न सक्ने गरी बिभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुलाई निष्पक्ष अनुसन्धान तथा छानविनको कार्यलाई प्रभाव पर्न सक्ने किसीमका कुनैपनि तथ्य विपरीतका समाचार प्रकाशन र प्रसारण नगरीदिनुहुन अनुरोध गरेको छ ।

प्रकाशित मिति:December 26, 2020