केपी शर्मा ओलीको पतन निश्चित भइसकेको छः माधवकुमार नेपाल

Nepal Cover
१८ माघ २०७७, आईतवार
image

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित भइसकेको बताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीको पतन निश्चित भएको छ। ओलीका फुर्ति हावामा उडिसकेको छ ।’ निर्वाचन आयोगको पत्रपछि ओलीका म्यादी प्रहरी जस्ता केन्द्रीय सदस्यहरूको हिस्स बुढी खिस्स दाँत जस्तै भएको बताए ।अध्यक्ष नेपालले ओलीका म्यादी केन्द्रीय सदस्यको बिजोक भएको बताए ।

ओलीले संसद विघटनपछि पार्टी दुई समूहमा विभाजन हुँदा ११ सय नयाँ केन्द्रीय सदस्य थपेका थिए । निर्वाचन आयोगले दुबै समूहका पछिल्लो निर्णयलाई मान्यता नदिएपछि केन्द्रीय सदस्यको वैधानिक सकिएको थियो । ओलीको पछि लागेकाहरूले गल्ती सच्चिएर फर्कन आग्रह गरे । उनले ओलीसँग सती जानुभन्दा मूलधारमा फर्कन आग्रह गरे ।

समस्या कुर्सी र पदको हानथापमा नभएको भन्दै उनीहरु आफूहरू विधि र पद्धतिमा पार्टी चलाउनुपर्छ भन्दा ओलीले संसद् विघटनको निर्णय लिएको बताए । नेपालले केपी ओली कहिल्यै सुध्रिएको पनि बताए ।