३४ थान मोबाइल बरामद
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङगामा लु.२ ख ४३१५ नम्बरको बसबाट विभिन्न कम्पनीका ३४ थान मोबाइल बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसमा महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको डिक्कीमा कार्टुनमा प्याकिङ गरी लुकाई राखेको अवस्थामा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।
सम्पत्ती न्यूज
११ मंसिर २०७७, बिहीबार