गुराँस लाइफका नवनिर्वाचित अध्यक्ष दुगड़द्धारा बीमा समितिका अध्यक्षले लिए समक्ष सपथ ग्रहण

Nepal Cover
९ मंसिर २०७७, मंगलवार
image

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७७÷८÷४ मा सम्पन्न दशौं वार्षिक साधारण सभा सम्पन्न भए पश्चात सोहि मितिमा बसेको नव निर्वाचित संचालक समितिकोे १६२ औं बैठकले सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा चयन भएका विवेक दुगड़ले बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम आज मिति २०७७÷८÷८ गते बिहान ११ः३० बजे बीमा समितिमा उपस्थीत भई एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाइँ समक्ष बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिएका छन् । सो सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थीती रहेको थियो ।