गोरखाका ११ स्थानिय तहलाई ग्लोबल गोरखा समाजबाट स्वास्थ्य सामाग्री सहयोग

Nepal Cover
११ मंसिर २०७७, बिहीबार
image

काठमाडौँ । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको छ । जिल्ला स्थित ११ वटा स्थानिय तहहरु गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई एक कार्यक्रमका बीच स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको हो । समाजले ११ लाख ७६ हजार ८ सय रुपैया बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

जिल्लाका सबै स्थानिय तहलाई १३–१३ हजार थान मास्क र ३०–३० थान थर्मल गन सहयोग गरिएको छ । त्यस्तै गरी समाजले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान मास्क र १० थान थर्मल गन, जिल्ला प्रशासन कार्यालय गोरखालाई ७ हजार थान माक्स र १० थान थर्मल गन, जिल्ला समन्वय समिती गोरखालाई २ हजार थान माक्स र २ थान थर्मल गन तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार थान मास्क र १ थान थर्मल गन समेत हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति गोरखालाई ग्लोबल गोरखा समाजका नेपाल प्रतिनिधी बिनोद पोखरेलले सामाग्रीहरु हस्तान्तरण गरेका थिए भने सबै स्थानिय तहलाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङले हस्तान्तरण गरेका थिए ।