एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी खोसियो
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो । अध्यक्ष थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।
सम्पत्ती न्यूज
१४ असार २०७९, मंगलवार