बामदेवले नयाँ दल घोषणा गर्दै

  Sampatti News Online

June 28, 2022

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् ।

नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन् ।

नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहेका उनी पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेका छन् ।

प्रकाशित मिति:June 28, 2022