सोमबार ४१ जनामा कोरोना संक्रमण पुष्टि, २० जना निको

  Sampatti News Online

June 27, 2022

काठमाडौं । देशमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ भने सो समयमा कसैको मृत्‍यु भएको छैन ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०२ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।

अब नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ४०९ जना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति:June 27, 2022