काठमाडौं-छायांकनका क्रममा नेपाल आएको बलिउड फिल्म 'उचाइ' युनिट भारत फर्किएको छ । उचाइको कलाकार तथा प्राविधिक टोली नेपालमा छायांकन सकेर शनिबार स्वदेश फर्किएको हो। फिल्म 'उचाइ' सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको छ । फिल्म छायांकनका लागि अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका चर्चित बलिउड कलाकार नेपाल आएका थिए । फिल्मको लुक्ला, मनाङ, मुस्ताङ काठमाडौं लगायतका ठाउँमा छायांकन गरिएको छ।…